प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
आश्विन २०७९
६७ औं प्रहरी दिवस २०७९ कार्यक्रम सम्पन्न
२०७९-०६-३१

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको प्राङ्गणमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री श्री कुल प्रसाद के.सी.ज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०७९।०६।३१ गते ६७ औं प्रहरी दिवस २०७९ को मुख्य समारोहमा श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विशेष अतिथिको रुपमा लुम्बिनी प्रदेशका माननीय आन्तरिक मामिला, कानून तथा संचार मन्त्री तिलकराम शर्मा र अतिथिको रुपमा अन्य सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरू, अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूको उपस्थिति  रहेको थियो । उक्त अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा प्रहरीलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने क्रममा प्रमुख अतिथिबाट सम्मान-पत्र प्रदान गर्नुको साथै नेपाल राष्ट्र र नेपाली जनताको हित एवं प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनीय कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरूलाई  विशेष अतिथि  माननीय आन्तरिक मामिला, कानून तथा संचार मन्त्री तिलकराम शर्मा तथा प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायबाट नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गरिएको थियो ।          लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्र.नि नविन ओलीद्वारा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिबाट अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी अमर प्रहरीहरूको सम्झनामा शोक सलामी अर्पण गर्नुका साथै कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवान प्रशिक्षक तथा प्रशिक्षार्थीहरू र अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारीद्वारा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको शुभकामना सन्देश लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेले बाचन गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायज्यूबाट प्रमुख अतिथि, बिशेष अतिथि तथा अन्य आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूमा धन्यवाद ज्ञापन पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।  

सवारी दुर्घटनामा १ को मृत्यु, १ जना घाईते
२०७९-०६-१८

बर्दिया गुलरिया नगरपालिका-८ निलो पेट्रोलपम्प नजिकै हुलाकी सडकखण्डमा पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-५ फूलबारी बस्ने बर्ष १८ को सतीराम चौधरीले चलाएको भे३प ४६९४ नं. मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक र सोही मो.सा. मा सवार ऐ.ऐ. बस्ने बर्ष १८ को धनबीर चौधरी गम्भिर घाईते भई, दुबैजना घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोली खटिएको, मो.सा. प्रहरीको नियन्त्रणमा ।मो.सा. चालक सतीराम चौधरीको उपचारको क्रममा मृत्यु भएको, मृतक लाश बर्दिया अस्पतालमा रहेको, धनबीर चौधरी थप उपचारको लागि नेपालगंज रिफर भई गएको ।

प्रभात फेरी कार्यक्रम सम्पन्न
२०७९-०६-०३

असोज-३ गते, जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका-१० स्थितबाट आन्तरिक मामिला कानून तथा संचार मन्त्रालयको आयोजनामा (संबिधान दिवस, २०७९ को अवसरमा प्रभात फेरी) कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख माननीय श्री अमिक शेरचन र प्रमुख अतिथि माननीय मुख्य मन्त्री श्री कुल प्रसाद के.सी.ज्यूको अध्यक्षतामा  सुरु भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्र.जि.अ. भरतमणि पाण्डे, नेपाली सेनाको सहायक रथी नवराज गुरुङ, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्र.ना.म.नि. नल प्रसाद उपाध्याय, स.प्र.ई.का.भैरहवाका प्रमुख प्र.ब.उ.शिद्धीबिक्रम शाह, प्र.ता.के.बुटवलका प्रमुख प्र.ब.उ. सुरेन्द्र प्रसाद मैनाली, नेपाल प्रहरी रामार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्र.उ. योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्र.उ. रबिन्द्र रेग्मी, स.प्र.बल नेपाल २७ नं. गणका स.प्र.उ. गगन श्रेष्ठ, विभिन्न संघ संस्थाका पदाधिकारीहरू लगायत अन्दाजी १५०० उपस्थिति रहेको थियो । उक्त प्रभात फेरी कार्यक्रम बुटवल चौराहाबाट सुरु भई अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुगी कार्यक्रम गरी सम्पन्न भएको थियो ।

लागूऔषध सहित पक्राउ
२०७९-०६-०२

दाङ लमही नगरपालिका-९ अमिलिया स्थित अमिलिया चोकमा घोराहीबाट भारतको दिल्ली तर्फ जाँदै गरेको ना.७ ख. ९०५ नं.को बसलाई गोप्य सूचनाको आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार निम्न स्थान बस्ने, निम्न ब्यक्तिहरुबाट निम्न परिमाणमा चरेस जस्तो देखिने प्लाष्टिकमा बेरेको गिलो पदार्थ सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।                                                       निम्न :-१) जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३ डुमरगाँउ बस्ने बर्ष ४० की सुशिला गिरीको साथ बाट ४ के.जी. २६५ ग्राम । २) जिल्ला रोल्पा लिबाङ नगरपालिका ६ कोटगाँउ घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३  सेवार बस्ने बर्ष ३८ की खुशी पुन मगर भन्ने एकता पुन मगरको साथबाट २ के.जी. ९५ ग्राम गरी दुवैको साथबाट प्लाष्टिक सहित तौल गर्दा जम्मा ६ के.जी. ३६० ग्राम बरामद भएको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<